च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुल र टोटनह्याम भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुल र टोटनह्याम भिड्दै

champions league final

एजेन्सी, १८ जेठ । युरोपियन क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि शनिबार राति प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी लिभरपुल र टोटनह्याम भिड्दैछन् ।

प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि चुकेको लिभरपुललाई यो सिजन अर्काे उपाधि जित्ने मौका रहेको छ । युरोपियन फुटबलको सर्वाधिक धेरै पुरस्कार राशीको प्रतियोगिता जित्न सकेमा लिभरपुल च्याम्पियन्स लिगको उपाधि जित्ने तेस्रो क्लब हुनेछ । छैटौँ पटक यो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलको यो मौका मड्रिडमा कतिको सफल होला त्योभने हेर्न बाँकी छ ।

यता टोटनह्याम पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको छ । सेमिफाइनलमा लिभरपुल र टोटनह्यामले आश्चार्यजनक कमब्याक गर्दै फाइनलमा पुगेका हुन ।

अघिल्लो संस्करण च्याम्पियन्स लिगमा स्पेनिस क्लबको वर्चश्व रहेका बेला यसपटक इंग्लिस क्लबले जमाएका छन । सन् २००८ पछि च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब खेल्न लागेका हुन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);