च्याम्पियन्स लिग : उपाधिका लागि आज रियल र लिभरपुल भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

च्याम्पियन्स लिग : उपाधिका लागि आज रियल र लिभरपुल भिड्दै

Madrid-vs-Liverpool

एजेन्सी, १२ जेठ । च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राति हुँदै छ । युक्रेनको किभ ओलम्पिक रंगशालामा हुने फाइनल खेलमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब लिभरपुल भिड्दैछन् ।

रियल मड्रिड लगातार तेस्रो पटक उपाधि जित्ने होडमा छ भने ११ वर्षको अन्तरालमा फाइनलमा पुगेको लिभरपुल पनि उपाधि उचाल्न लालयित छ । च्याम्पियन्स लिगको उपाधि यसअघि रियल मड्रिडले १२ तथा लिभरपुलले ५ पटक जितेको इतिहास छ ।

उपाधि होडमा रहेका रियल मड्रिडका मुख्य हतियार क्रिष्टियानो रोनाल्डो हुन् भने लिभरपुलले मोहमद सालहलाई मुख्य खेलाडीको रुपमा मैदान उतार्दै छ । सलहले यस सिजनको इंग्लिस प्रिमियर लिगमा सबैभन्दा धेरै ३१ गोल गरेका थिए ।

उता च्याम्पियन्स लिगमा सबैभन्दा बढी १ सय २० गोलको रेकर्ड कायम गरेका रियल मड्रिडका रोनाल्डो सबैभन्दा धेरैपटक उपाधि उचाल्ने सुरमा छन् । रोनाल्डोले यसअघि च्याम्पियन्स लिगको उपाधि चार पटक उचालिसकेका छन् ।

च्याम्पियन्स लिगको फाइनल खेल विश्वकप फुटबलको फाइनलपछि सबैभन्दा बढी हेरिने खेलमा पर्छ । दुबै टीमका प्रशिक्षकले आफ्नो टीमले जित्ने दाबी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);