आईपीएल : उपाधिका लागि हैदरावाद र चेन्नई भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आईपीएल : उपाधिका लागि हैदरावाद र चेन्नई भिड्ने

rashid khan

एजेन्सी , १२ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स भिड्ने भएका छन् । गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १४ रनले पराजित गरेर सनराइजर्स हैदरावादले फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो ।

सनराइजर्सलाई फाइनलमा पुर्‍याउन रसिद खानले उत्कृष्ट प्रदर्शन गरे । टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्सले १७ दशमलव ५ ओभरमा १ सय ३४ रनमा ६ विकेट गुमाएको अवस्थामा मैदान प्रवेश गरेका रसिदले १० बलमा ३४ रन बनाएर टिमको रन १ सय ७४ पुर्‍याए। १९ बर्षिय रसिदले २ चौका र ४ छक्का प्रहार गरेका कारण कोलकत्ताले चुनौतिपूर्ण लक्ष्य पाएको हो । सनराइजर्सका लागि ऋद्धिमान साहले सर्वाधिक ३५ रन बनाए ।

जवाफी ब्याटिङ गरेको कोलकत्ताले आक्रामक सुरुवात गर्‍यो । कोलकत्ताले ६ ओभरमा ६७ रन बनाएको अवस्थामा सनराइजर्सले सातौं ओभरमा रसिद खानलाई बलिङको जिम्मा दियो । रसिदले आफ्नो पहिलो ओभरमा जम्मा तीन रन दिएर कोलकत्ताको ब्याटिङलाई केही कमजोर पारे ।

रसिद खानले त्यसपछिका आफ्ना तीन ओभरमा १-१ विकेट लिए । उनले चार ओभरको स्पेलमा जम्मा १९ रन खर्चिए । रसिदको कसिलो बलिङका कारण कोलकत्ता ९ विकेटको क्षतिमा १ सय ६० रनमा रोकियो । कोलकत्तालाई फाइनलमा पुग्नबाट रोक्ने क्रममा रसिदले दुई वटा क्याच समेत लिए ।

सनराइजर्स र चेन्नईबीचको फाइनल खेल भोलि हुने छ । चेन्नई यसअघि सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);