आईपीएल : बैंगलोरद्वारा शीर्ष स्थानको हैदरावाद पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईपीएल : बैंगलोरद्वारा शीर्ष स्थानको हैदरावाद पराजित

rcb-vs-srh

एजेन्सी, ४ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफमा पुग्ने दुई टिमको छिनोफानोका लागि अन्तिम चरणका खेलको नतिजा पर्खनुपर्ने भएको छ । गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई १४ रनले पराजित गरेसँगै आईपीएलमा प्लेअफमा पुग्ने दुई टोलीको छिनोफानोका लागि १४ औं चरणका खेलको नतिजा पर्खनुपर्ने भएको हो ।

प्लेअफमा चार वटा टोली छानिनेमा हालसम्म सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले मात्र स्थान पक्का गरिसकेका छन् । बाँकी दुई टीमका लागि कोलकत्ता नाइट राइडर्स, मुम्बई इण्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स र किंग्स इलाभेन प्रतिस्पर्धा छन् । कोलकत्ता नाइटराइडर्सको १४ अंक छ भने बाँकी चार टीमको समान १२ अंक छ ।

गएराती टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्सले गएराति भएको खेलमा आक्रामक ब्याटिङ गरी २ सय १८ रन बनायो । ओपनर पार्थिव पटेललाई ४ तथा कप्तान विराट कोहलीलाई १२ रनमा गुमाएको रोयल च्यालेन्जर्सका लागि एबी डीभिल्लर्सले ६९ तथा मोइन अलीले ६५ रनको योगदान गरे ।

ग्रयान्डहोमले १७ बलमा ४० तथा सरफराज खानले ८ बलमा २२ रन जोडेका कारण पनि रोयल च्यालेन्सर्जले चुनौतिपूर्ण रन बनाएको हो । सनराइजर्स हैदरावादका बसिल छम्पी निकै महङ्गा सावित भए । छम्पीले विना विकेट चार ओभरमा ७० रन खर्चिए ।

जवाफी ब्याटिङ गरेको सनराइजर्सले केन विलियम्सनको ८१ रनको मद्दतमा २ सय ४ रन बनायो । सनराइजर्सलाई जितका लागि अन्तिम ओभरमा २० रन चाहिएको अवस्थामा मोहम्मद सिराजले २० औं ओभरको पहिलो बलमा विलियम्सनलाई पेभेलियन पठाए । सिराजले जम्मा ५ रन मात्र दिएपछि रोयल च्यालेन्जर्स १४ रनको जित दर्ता गरी पाँचौं स्थानमा उक्लिएर प्लेअफको होडमा कायम रहयो ।

आईपीएलमा आज नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किंग्सको सामना गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);