बेंगलोर पराजित हुँदा दिल्ली आईपीएलकाे क्वालिफायरमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

बेंगलोर पराजित हुँदा दिल्ली आईपीएलकाे क्वालिफायरमा

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादसँग ४ रनले पराजित हुँदा शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा पुगेको छ ।

बुधबार राति भएको खेलमा जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो ।बेंगलोरका ओपनर देवदत्त पाडिक्कलले सर्वाधिक ४१ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ४० रन बनाएर रन आउट भए । एवि डिभिलियर्स १९ रनमा अविजित रहँदा कप्तान विराट कोहली ५ रन मात्रै बनाए ।

हैदराबादका भुवनेश्वर कुमार, सिद्धार्थ कौल, जेसन होल्डर, उमरन मलिक र राशिद खानले १/१ विकेट लिए ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । 

हैदराबादका ओपनर जेसन रोयले सर्वाधिक ४४ रनको योगदान दिए । कप्तान केन विलियम्सनले ३१ रन बनाएर रन आउट भए । अभिषेक शर्मा १३, प्रियम गर्ग १५, ऋद्धिमान शाह १० र जेसन होल्डरले १६ रन बनाए । 

बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । ड्यानियल क्रिष्टियनले २, जर्ज ग्रेटन र युजभेन्द्र चहलले १/१ विकेट लिए । दिल्ली शीर्ष दुईमा रहने पक्का भएको छ । एक खेल खेल्न बाँकी हुँदा दिल्लीको २० अंक छ । चेन्नई अन्तिम खेलमा विजयी भए २० अंक हुनेछ । 

प्लेअफमा अव एक टोलीले स्थान बनाउन बाँकी छ । जसमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सको सम्भावना बलियो छ । राजस्थान रोयल्स र पन्जाब किंग्सको पनि सम्भावना छ ।

अंक तालिका
दिल्ली क्यापिटल्स १३ खेलमा २० अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई सुपर किंग्स १८ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १६ अंकका साथ तेस्रो, कोलकाता १२ अंकका साथ चौथो, मुम्बई १२ अंकका साथ पाँचौ, पन्जाब १० अंकका साथ छैटौं, राजस्थान रोयल्स १० अंकका साथ सातौ तथा  सनराइजर्स हैदराबाद सामान १३ खेलमा ६ अंकका साथ पुछारमा छ ।

Leave a Reply