एशिया कप क्रिकेट : पाकिस्तानद्धारा अफगानिस्तान ३ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

एशिया कप क्रिकेट : पाकिस्तानद्धारा अफगानिस्तान ३ विकेटले पराजित

asia cup

एजेन्सी, ६ असोज । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको २ सय ५८ रनको विजयी लक्ष्य पाकिस्तानले तीन बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ८० रन बनाए । त्यस्तै बाबर आजमले ६६ रन बनाउँदा शोएब मलिकले ५१ रनको उत्कृष्ट पारी खेले । अफगानिस्तानका लागि राशिद खानले तीन विकेट लिए । त्यस्तै मुजीब उर रहमानले २ विकेट र गुलाबदिन नाइबले एक विकेट लिए ।

यसअघि निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै अफगानिस्तानले २ सय ५७ रन बनाएको थियो । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ९७ रन, अस्गर अफगानले ६७ र रहमत साहले ३६ रन जोडेका थिए । पाकिस्तानका लागि मोहमद नवाजले तीन तथा सहिन साह अफ्रिदीले २ विकेट लिएका थिए ।