दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्टमा पाकिस्तान सात विकेटले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्टमा पाकिस्तान सात विकेटले विजयी

एजेन्सी, १६ माघ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्टमा पाकिस्तान सात विकेटले विजयी भएको छ ।जितसँगै पाकिस्तानले दुई टेष्टको सिरिजमा एक शुन्यको अग्रता बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङमा २२० रन बनाएको थियो ।

उसका लागि डिन इल्गेरले ५८ रन बनाउँदा अरु खेलाडीले खासै ठुलो योगदान गर्न सकेनन् । बलिङमा पाकिस्तानका यासिर शाहले तीन तथा नउमन अलीले दुई विकेट लिए । जवाफमा पाकिस्तानले पहिलो पारीमा तीन सय ७८ रन बनायो । पाकिस्तानका लागि फवाद आलमले एक सय नौ रन बनाए ।

अजहर अलीले ५१ रन बनाए । यस्तै फहिम अर्सफले ६४ रन बनाए । बलिङमा कागिसो राबाडा र केशब महरेजले तीन तीन विकेट लिए । दोस्रो पारीमा दक्षिण अफ्रिका मात्र दुई सय ४५ रन बनायो । उसका लागि एडिन मार्करनले ७४ रन बनाए भने रासी भान डेर डुसेनले ६४ रन बनाए ।

बलिङमा पाकिस्तानका लागि नउमन अलीले पाँच ताथ यासिर शाहले चार विकेट लिए । पाकिस्तानले पाएको ८८ रनको लक्ष्य २२ ओभर पाँच बलमा मात्र तीन विकेट गुमाउँदै पुरा गर्या । उसका लागि अजहर अलीले ३१ तथा बाबर अजामले ३० रन बनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);