दक्षिण अफ्रिकासँगको टेष्ट श्रृखला पाकिस्तानद्वारा ‘क्लिन स्विप’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दक्षिण अफ्रिकासँगको टेष्ट श्रृखला पाकिस्तानद्वारा ‘क्लिन स्विप’

एजेन्सी, २६ माघ । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट क्रिकेटको श्रृखला २–० बाट क्लिन स्विप गरेको छ । दोस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकालाई ९५ रनले पराजित गर्दै पाकिस्तानले श्रृखला २–०बाट क्लिन स्विप गरेको छ ।

पाकिस्तानको रावलपिण्डीमा जितका लागि ३ सय ७० रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको दक्षिण अफ्रिका सोमबार २ सय ७४ रन जोड्दा अलआउट भयो । दक्षिण अफ्रिकाका एडिन माक्रमले १ सय ८ टेम्बा बाभुमाले ६१ र जोड्दा भान डेर डुसेनले ४८ रन बनाए । पाकिस्तानका हसन अलिले ५ शहिन अफ्रिदीले ४ विकेट लिए ।

यो टेष्टको पहिलो पारीमा पाकिस्तानले २ सय ७२ र दक्षिण अफ्रिकाले २ सय १ रन बनाएका थिए । यसैगरी पाकिस्तानले दोस्रो इनिङ्स अलआउट हुँदै २ सय ९८ रन बनाएपछि दक्षिण अफ्रिकाले ३ सय ७० रनको विजयी लक्ष्य पाएको थियो ।

पहिलो टेस्टमा पाकिस्तानले ७ विकेटको जित निकालेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);