साउथ अफ्रिकाको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउथ अफ्रिकाको सहज जित

काठमाडौं, २५ पुष । भेर्नन फिलान्डेरले दोस्रो इनिङमा ६ विकेट लिएपछि दक्षिण अफ्रिकाले भारतविरुद्धको पहिलो टेस्टमा जित हासिल गरेको छ । दोस्रो इनिङमा कमजोर योगफलका बाबजुद दक्षिण अफ्रिकाले बलरको उत्कृष्ट प्रदर्शनमा ७२ रनको प्रभावशाली जित निकाल्दै सिरिजमा १–० को अग्रता बनायो ।
तीन टेस्टको सिरिजको पहिलो टेस्टमा चौथो दिन नै जित निकाल्ने क्रममा दक्षिण अफ्रिकी बलरको प्रदर्शन सम्झनलायक रह्यो ।

दक्षिण अफ्रिकाले दोस्रो इनिङको खराब ब्याटिङपछि भारतलाई २ सय ८ रनको लक्ष्य दिएको थियो । सामान्य लक्ष्य पछ्याएको भारत चौथो दिनको तेस्रो सेसन पूरै समय खेल्न असफल हुँदै १ सय ३५ रनमै अलआउट भएपछि दक्षिण अफ्रिकाविरुद्धको खराब इतिहास तोड्न असफल भयो । भारतलाई पराजित गर्ने क्रममा थप विकेट मोर्ने मोर्केल र कागिस्व रवदाको नामममा रह्यो । उनीहरूले समान २ विकेट लिए ।

टस जितेर पहिलो ब्याटिङ गर्दैै दक्षिण अफ्रिकाले २ सय ८६ रन बनाएको थियो । एबी डी भिलियर्सको ६५ तथा कप्तान फाप डु प्लेसिसको ६२ रनको अर्धशतकीय इनिङमा दक्षिण अफ्रिका सम्हालिएको थियो ।

पहिलो इनिङमा भारतका भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए भने मोहम्मद सामी, जसप्रीत बुमराह र हार्दिक पान्ड्याले समान १–१ विकेट लिएका थिए । जवाफमा भारतले पहिलो इनिङमा २ सय ९ रन मात्र बनाउन सकेको थियो । हार्दिक पान्ड्याले ९३ रनको सानदार इनिङ खेले पनि अफ्रिकाविरुद्ध लिड गर्न भने भारत असफल भएको थियो ।

दोस्रो इनिङमा १ सय ३० रन
दक्षिण अफ्रिका दोस्रो इनिङमा भारतीय बलरसामु निरीह देखियो । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा मोहम्मद सामी र जसप्रीत बुम्राहले समान ३ विकेट लिए । त्यस्तै, विनय कुमार र हार्दिक पान्ड्याले समान २ विकेट लिए ।

एइडिन मार्करम र डिन इल्गरले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरे पनि त्यसपछिका ब्याट्सम्यान लगातार विकेट पतनको सिकार भए । डी भिलियर्सको ३५ रन तथा केसभ महाराजको १५ रन थप दोहोरो स्कोरका रूपमा रह्यो । दक्षिण अफ्रिकाका सात ब्याट्सम्यान दोहोरो रनको स्कोर नबनाई पेभिलियन फर्किएका थिए ।

फिलेन्डरसामु भारतीय ब्याट्सम्यान निरीह
समग्रमा २ सय ८ रनको लक्ष्य पाएपछि उत्साही देखिएको भारतसँग जितका लागि पर्याप्त समय थियो । तर, भारतलाई दक्षिण अफ्रिकाले चौथो दिनको पूरा खेल समय पनि टिक्न दिएन । ओपनरद्वय मुरली विजय र शिखर धवनको ३० रनको साझेदारी सर्वाधिक साझेदारीका रूपमा रह्यो ।

भारतीय इनिङमा रविचन्द्र आश्विनको ३७ रन सर्वाधिक रह्यो । त्यस्तै, कप्तान विराट कोहलीले २८, शिखर धवनले १६, मुरली विजय र विनय कुमारले समान १३ रन बनाए । १५।४ ओभर बलिङ गरेका फिलेन्डरले ४ मेडन फाल्दै ४२ रन खर्चिएर ६ विकेट लिएका थिए । उनी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए ।

विकेटकिपर साहले लिए १० खेलाडीको क्याच
भारतीय खेलाडी रिद्धिमान साहले विकेटकिपरका रूपमा आफ्नो नाममा महत्वपूर्ण रेकर्ड बनाएका छन् । टेस्ट क्रिकेट इतिहासमा विकेटको पछि १० खेलाडीको क्याच लिने उनी पहिलो भारतीय बने । यसअघि महेन्द्रसिंह धोनीले विकेटको पछि ९ क्याच लिएका थिए । विकेटको पछि सर्वाधिक क्याच लिने खेलाडीका रूपमा दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्स छन् । उनले २०१३ मा पाकिस्तानका ११ खेलाडीको क्याच लिएका थिए ।आजको नयां पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);