दोस्रो टी-२० : अफ्रिकासँग अष्ट्रेलिया १२ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दोस्रो टी-२० : अफ्रिकासँग अष्ट्रेलिया १२ रनले पराजित

एजेन्सी, १२ फागुन । घरेलु टिम दक्षिण अफ्रिकाले दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।

पोर्ट एलिजावेथमा आइतबार राति दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १२ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

उसका लागि डेभिड वार्नरले अविजित ६७ रनको अर्धशतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै स्टिभ स्मिथले २९ रन जोड्दा कप्तान आरोन फिन्च र एलेक्स केरीले समान १४/१४ रन बनाए ।

दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान क्विनटन डी ककले ७० रनको अर्धशतकीय इनिङ्स खेले ।

भान डेर डुसेनले ३७ रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले २ विकेट लिए । जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १–१ को बराबरी बनाएको छ । पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले विजयी भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);