पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाको जित

एजेन्सी । घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ ।

डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन मात्र बनाउन सक्यो ।

आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै बेरी म्याककार्थीले ३०, जोस लिटलले १५, कप्तान एन्डी बलब्रिनेले २२ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ तथा लुंगी एनजीडी र जर्ज लिन्डेले २÷२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन माक्रमले सर्वाधिक ३९, डेभिड मिलरले २८, रस्सी भान डेरले २५ तथा क्विन्टन डी ककले २० रन बनाए । आयरल्यान्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २÷२ विकेट लिए ।

जितसँगै तीन खेलको टी–ट्वेन्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खला भने १–१ को बराबरीमा सकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);