सागको पुरुष क्रिकेटमा नेपालद्वारा भुटान पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सागको पुरुष क्रिकेटमा नेपालद्वारा भुटान पराजित

CRICKET

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरबाट हराएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनायो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो । यो खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा ९ छक्का र ५ चौकासंगै १ सय ७ रन बनाए । शतकसंगै मल्ल नेपालको लागि अन्तराष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् ।

यसअघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए । पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए । जवाफमा पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले १–१ विकेट लिए । अब नेपालले शुक्रबार माल्दिभ्सको सामना गर्नेछ । अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);