१३ औं साग : भारत ४० स्वर्ण सहित पहिलो, नेपाल ३२ स्वर्ण जितेर दोस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

१३ औं साग : भारत ४० स्वर्ण सहित पहिलो, नेपाल ३२ स्वर्ण जितेर दोस्रो स्थानमा

काठमाडौं, १९ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पाँचौं दिन आज विभिन्न खेलहरु भइरहेका छन् ।

विहीबार महिला र पुरुष क्रशकन्ट्री साइक्लिङमा नेपालले स्वर्ण र रजत पदक जितेको छ । पुरुषतर्फ नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण, राजिव राईले रजत र ओकेशराज बज्राचार्यले कास्य पदक जितेका छन् ।

बिहिबार नै महिला कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण र उषा खनालले रजत प्राप्त गरेका छन् । कास्य पदक भने भारतको पक्षमा गएको छ ।

भारतकी प्रनिता प्रफुलले कास्य पदक जितिन् । विहीबार नै उसुमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् । उनले १८ दशमलव ९१ अंक प्राप्त गर्दै स्वर्ण पदक पोल्टोमा पारेकी हुन् ।

नीमा उसुमा दुईवटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएकी छिन् । भारतको गुवाहटीमा भएको १२ औं सागमा पनि नीमाले स्वर्ण पदक जितेकी थिइन् । १३ औं सागको पछिल्लो पदकतालिका अनुसार भारतले ४० स्वर्ण, ३१ रजत र १५ कास्य संगै कुल ८६ पदक जितेको छ ।

नेपालले ३२ स्वर्ण, १९ रजत र ३० कास्य सहित ८१ पदक जितेको छ । श्रीलंकाले १२, पाकिस्तानले १०, बंगलादेशले ४ र माल्दिभ्सले १ स्वर्ण पदक जितेका छन् । भुटानले ४ कास्य पदक जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);