१३ औँ साग : नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्य सहित दोस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१३ औँ साग : नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्य सहित दोस्रो स्थानमा

काठमाडौं, २० मंसिर । १३ औं सागको पछिल्लो पदक तालिका अनुसार नेपालले ४१ स्वर्ण, २७ रजत र ४८ कास्य सहित १ सय १६ पदक जितेको छ ।

यसैगरी भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसंगै कुल १ सय ६५ पदक जितेको छ । श्रीलंकाले २३, पाकिस्तानले १९, बंगलादेशले ४ र माल्दिभ्सले १ स्वर्ण पदक हात पारेका छन् । भुटानले ६ कास्य पदक जितेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत शुक्रबार भएको महिला २ सय ब्याक स्ट्रोक पौडीमा गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् ।

गौरिकाले निर्धारित दूरी २ मिनेट १७ दशमलव १३ सेकेन्डमा पूरा गरिन् । बिहीबार मात्रै भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा स्वर्ण पदक पाएकी उनको यो दोस्रो स्वर्ण पदक हो ।

त्यसैगरी गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो ।

नेपाली टोलीले कुल ८सय ३८ अंक स्कोर गरेको थियो ।यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् ।सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।

भारोत्तोलन खेलाडी विकास थापाले ८९ केजी समूहमा स्वर्ण हात पारेका छन् । शुक्रबार पोखरामा भएको खेलमा उनले स्वर्ण पदक जितेका हुन् । रजत पदक बंगलादेशले जितेको छ । कास्य पदक भने कसैले पाएनन् ।

त्यसैगरी एथ्लेटिक्सको ५ हजार मिटर दौडमा पनि नेपालले स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

गोपीले निर्धारित दुरी १४ मिनेट ५४ दशमलव २० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । यस स्पर्धामा भारतले रजत पदक जित्दा नेपालका हरिकुमार रिमालले कास्यपदक हात पारेका छन् ।

महिलातर्फको ५ हजार मिटर दौडमा श्रीलंकाले स्वर्ण पदक जितेको छ । १० हजार मिटर दौडमा ऐतिहासीक स्वर्ण पदक जितेकी नेपालकी सन्तोषि श्रेष्ठ भने चौथो भइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);