१३ औ सागको ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण पदक | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार

१३ औ सागको ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण पदक

gopichandra parki

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

गोपीले निर्धारित दुरी १४ मिनेट ५४ दशमलव २० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । यस स्पर्धामा भारतले रजत पदक जित्दा नेपालका हरिकुमार रिमालले कास्यपदक हात पारेका छन् । गोपीको पदक नेपालका लागि जारी सागमा ३७ औ स्वर्ण हो । महिलातर्फको ५ हजार मिटर दौडमा श्रीलंकाले स्वर्ण पदक जितेको छ ।

१० हजार मिटर दौडमा ऐतिहासीक स्वर्ण पदक जितेकी नेपालकी सन्तोषी श्रेष्ठ भने चौथो भइन् । १३ औं सागको पछिल्लो पदक तालिका अनुसार भारतले ६३ स्वर्ण, ४५ रजत र २४ कास्य संगै कुल १ सय ३२ पदक जितेको छ । नेपालले ३७ स्वर्ण, २७ रजत र ३९ कास्य सहित १ सय ३ पदक जितेको छ । श्रीलंकाले १८, पाकिस्तानले १७, बंगलादेशले ४ र माल्दिभ्सले १ स्वर्ण पदक हात पारेका छन् । भुटानले ६ कास्य पदक जितेको छ ।