गल्फको पुरुष टिम इभेन्टमा नेपाललाई स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

गल्फको पुरुष टिम इभेन्टमा नेपाललाई स्वर्ण

golf team event

काठमाडौं, २० मंसिर । १३ औं साग अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो ।

नेपाली टोलीले कुल ८ सय ३८ अंक स्कोर गरेको थियो । यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);