महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित

पोखरा, २० मंसिर । श्रीलंका १३ औं दक्षिण एसियाली खलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा अब बंगलादेश र श्रीलंका भिड्ने भएका छन् । नेपालले कांस्य पदकका लागि शनिबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो।

१सय १९ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रेको नेपाली टिमले २० ओभरमा ९ विकेट गुमाउँदै मात्रै ७७ रन पुरा बनायो । नेपालकी रुविना क्षत्री, अप्सरा बेगम, कविता कुँवर र करुणा भण्डारीले बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटु्ल्न सकेनन्। नेपालले ३ खेलमा १ जित र २ हार ब्यहोरेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);