यू–१६ ईस्ट जोन कपः फाइनलमा नेपाल मलेसियासँग भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

यू–१६ ईस्ट जोन कपः फाइनलमा नेपाल मलेसियासँग भिड्ने

काठमाडौं । सिंगापुरलाई पराजित गर्दै नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९८ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो ।

सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले सर्वाधिक २४ रन बनाए । सिंगापुरका अन्य ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।

नेपालका ओपनर सुर्यांशु कोईरालाले ४९ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४३ रन बनाए । सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २÷२ विकेट लिए । जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरेको छ । अर्को सेमिफाइनलका विजेता मलेसियासँग नेपालले उपाधीका लागि खेल्नेछ । पराजित सिंगापुरले भने तेस्रो स्थानका लागि खेल्नेछ ।

तेस्रो स्थानका लागि मंगलबार नै सिंगापुरले अर्को सेमिफाइनलमा पराजित हङकङसँग खेल्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);