आईसीसी यू–१९ क्रिकेटः नेपालको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

आईसीसी यू–१९ क्रिकेटः नेपालको विजयी सुरुवात

काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले विजयी सुरुआत गरेको हो ।

ईडन ग्राडेन ओभल अजमानमा नेपालले दिएको २ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि आर्यन मोदीले ५८ र सिद्धान्त श्रीकान्तले ४४ रन जोडे । नेपालका हेमन्त धामी र सुबाश भण्डारीले २÷२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनायो । नेपालका लागि पहिलो पटक यू१९ राष्ट्रिय टोलीमा स्थान बनाएका आकाश त्रिपाटीले ७८ रनको अर्धशतकीय ईनिङ खेले ।

त्रिपाटीले दोस्रो विकेटका लागि अर्जुन कुमालसँग मिलेर ९३ रनको साझेदारी गरेका त्रिपाटीले तेस्रो विकेटका लागि कप्तान देव खनालसँग ३७ रनको साझेदारी गरे । विशाल विक्रम केसीले अविजित ६३ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन कुमालले ३७ ,कप्तान देव खनाल २१ र दिपक बोहोराले १७ रन बनाए । सिंगापुरका आर्यभार चौधरी र अभ्युदय छन्जिरले २÷२ विकेट लिए । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीे छन् ।

नेपालले शनिबार कुवेतसँग खेल्ने छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);