सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आईतवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आईतवार

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई आईतवारका लागि तोकेको छ ।

शुक्रवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाईमा सन्दीपबिरुद्धको मुद्दा र विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने मागको एकमुष्ट पेस गर्न निर्देशन दिएको हो । सर्वोच्चको आदेशसँगै अब आईतवारमात्रै सन्दीप विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज खेल्न युएई जाने वा नजाने भन्ने बारेमा टुंगो लाग्ने भएको छ ।

सर्वोच्चको इजलासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले सर्वोच्च अदालतले मुद्दाको गम्भीरतालाई हेरेर र अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर सरकार पक्षबाट ७३ नम्बरको निवेदन र विदेश खेल्न जान पाउनपर्ने निवेदनको एकमुष्ट सुनुवाई गर्ने आदेश दिएको बताउनु भयो । उहाँले एकल मुद्दाको अवस्थालाई हेरेर मात्रै आदेश दिन नमिल्ने भएकाले संयुक्त इजलासमा अन्तिम सुनुवाईका लागि आईतवार तोकिएको बताउनु भयो ।

अधिवक्ता घिमिरेले आफूहरुले खेल मैदान फरक देशमै भएका कारण खेलबाट वञ्चित गर्न नमिल्ने वकालत गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);