नेपाल सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपालले आसन्न टी–२० विश्वकपमा स्थान बनाउन यूएईलाई हराउनुपर्ने भएको छ । ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो ।

अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका विजेता दुई टोली विश्वकपका लागि छनोट हुनेछन् । पहिलो ख‍ेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको नेपालले सोमबार भएको समूहको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटल‍े पराजित गरेको हो ।

नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको थियो । क्यानडा १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको हो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २र२ विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे ।

३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो । पछिल्लोक्रमका डिलियन हेलिगरले दुई छक्का प्रहार गरेका थिए । क्यानडाले १० औँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो ।

सन्दीपले चार ओभरमा १२ रन खर्चिए । उनले व्यक्तिगत पहिलो ओभरमा ८ रन दिएका थिए । कमलले ३ ओभरमा १६ रन दिए । अविनाशले ३ ओभरमा ७ रन मात्र दिए । नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। अविजित रहँदै नेपालका कुशल भुर्तेललले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । नेपालले यूएईसँग मंगलबार प्रतिस्पर्धा गर्ने छ । यसअघि नेपालले एकपटक मात्र टीऔ२० विश्वकप खेलेको छ । सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छनोट भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);