मलेसियामाथि नेपालको शानदार जित, नेपालको अपराजित यात्रा कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मलेसियामाथि नेपालको शानदार जित, नेपालको अपराजित यात्रा कायमै

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।

यूएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेसिया माथि शानदार जित निकालेको हो । नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

नेपालका लागि दुवै ओपनर अविजित रहे । ओपनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे ।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५ दशमलब ३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो ।

मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए ।

नेपालका लागि दीपेश कंडेलले सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट लिए ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);