आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रधानमन्त्रीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ ।

मंगलवार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उहाँले यसतो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्नुभयो ।

उहाँले सरकारको तर्फबाट देशका सबै प्रदेशहरुमा, सबै पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति,योजना र कार्यक्रम बनाएको बताउनु भयो ।

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);