राजा फर्काउने अभियानमा लागेका दुर्गा प्रसाईको मागः कर्मचारीलाई कम्तिमा डेढ लाख तलब सुविधाको ग्यारेन्टी | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

राजा फर्काउने अभियानमा लागेका दुर्गा प्रसाईको मागः कर्मचारीलाई कम्तिमा डेढ लाख तलब सुविधाको ग्यारेन्टी

काठमाडौं, १६ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहको नाममा आन्दोलनको घोषणा भएको छ । मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गरेर मेडिकल व्यवसायी दुर्गा प्रसाईले ११ बुँदे मागसहित आन्दोलनको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको मागमा वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने, गणतन्त्रको अन्त गरी राजसंस्थासहितको सन् १९९० को संविधान लागू गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने मुख्य छन् । रोचक त यो छ कि उनले निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको तलब सुविधा कम्तिमा पनि डेढ लाख हुने ग्यारेन्टी गर्नुपर्ने माग उल्लेख गरेका छन् ।

सम्पूर्ण सरकारका मातहतमा रहेका संघ संस्थाहरुको पुँजी बैंकमा राख्दा सुन्य प्रतिशत ब्याजमा राखिनुपर्ने, सरकारले एफ डि खाता खोल्न नपाउने विषय पनि समावेश छन् ।

प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान नाम दिएर नेपालको पूर्वी जिल्ला झापाबाट अभियानको सुरुवात गरेका थिए । अभियानको सुरुमै पूर्व राजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्य मञ्चमै देखिएका थिए ।

राजसंस्थाको अन्तपछि पहिलोपटक फागुन १ मा पूर्वराजा शाह झापामा एउटा राजनीतिक मञ्चमै देखिएका थिए । उक्त कार्यक्रमको संयोजन व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । ६ फागुनको राति प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्व राजा शाहले विज्ञप्ति निकालेर दलहरुलाई राजसंस्थासँग सहमति गरेर राजन आग्रह गरेका थिए ।

देशमा पछिल्लो समय हिन्दुराष्ट्र पक्षधरहरु सक्रिय हुँदै गएका छन् । कतिपयले यो मुद्दासँगै राजसंस्थालाई समेत पुनः स्थापना गर्ने एजेण्डा बढाएका छन् । संसदमा आरपीपीबाहेक कुनै पनि दल राजसंस्थाको पक्षमा छैनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);