‘प्रचण्ड’ पतनोन्मुख यात्रामा रहेको एमाले महासचिव पोखरेलको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

‘प्रचण्ड’ पतनोन्मुख यात्रामा रहेको एमाले महासचिव पोखरेलको टिप्पणी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पतनोन्मुख यात्रामा रहेको टिप्पणी गर्नुभएको छ ।

सत्ताबाट बाहिरिएको भोलिपल्ट पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण प्रचण्ड बन्न लागेको दाबी समेत गर्नुभएको छ ।

पुष १० को सहमति तोडेर प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमालले सोमबार सरकार छाड्ने निर्णय गरेको थियो । एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत समेत फिर्ता लिएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै एमाले र माओवादी बीच टकराब बढेको थियो । एमालले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई उम्मेद्वार बनाएको छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);