प्रचण्ड सत्ता गुमाएको छटपटीमा बर्बराउँदै हिँडेका छन्,शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

प्रचण्ड सत्ता गुमाएको छटपटीमा बर्बराउँदै हिँडेका छन्,शंकर पोखरेल

२०८१,१०,१२

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गुमाएको छटपटीमा बर्बराउँदै हिँडेको टिप्पणी गरेका छन्।राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड समाजमा अराजकता फैलाउन उद्धत रहेको आरोप लगाए।

‘प्रचण्ड सत्ता गुमाएपछि विचलित भएर समाजमा अराजकता फर्काउन सकिन्छ कि भनेर एमाले विरुद्ध बर्बराउँदै हिँडेका छन्।’ उनले भने।कांग्रेस एमाले मिल्नु अप्राकृतिक भनिएको तर्फ लक्षित गर्दै महासचिव पोखरेलले जनताले नपत्याएका दल शासनको शीर्ष स्थानमा रहने कुरा प्राकृतिक हो त रु भनेर प्रश्न गरे।

‘२ सय ७५ सिटको संसदमा ३२ सिटको माओवादी सत्तामा हुँदा प्राकृतिक हुने अनि सर्वाधिक र लोकप्रिय मत पाउने दलहरू मिलेर सरकार चलाउने कुरा चाहिँ अप्राकृतिक हुन्छरु’ पोखरेलले भने, ‘ठूला पार्टीका सहारामा चुनाव जित्ने र सरकारमा बसेर तिनैमाथि शासन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।’

उनले कांग्रेस एमाले सधैंका लागि मिलेको नभइ अस्थिरता सिर्जना गर्नेहरूलाई अब संभव छैन भन्ने सन्देश दिन एक ठाउँमा आएको बताए।

Leave a Reply