धोकाधडीको राजनीतिले अन्तहीन अस्थिरता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धोकाधडीको राजनीतिले अन्तहीन अस्थिरता

लक्ष्मी प्रसाद न्यौपाने  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ ,फाल्गुन १६ । देशमा राष्ट्रिय सहमति भन्दै एकपछि अर्को राजनीतिक परिवर्तनहरु भए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर, जनताले आशा राखेको सुख शान्तिको बदला दुःख र अराजकता थोपरिन थालिएको छ। सत्ताका लागि अस्वस्थ प्रतिष्पर्धा र सस्तो लोकप्रीयताका लागि जुहारी नै चल्न थालेको छ नेताहरुमा । राजनीतिक संस्कार विपरित एक अर्कामाथि बदलाको भावना विकास हुँदै गएको छ । दम्भको घेरामा परेर नेताहरु एक अर्कालाई

कमजोर पार्न र राजनीतिक रुपमा सिध्याउनै लाग्दा जनताको समस्या समाधान गर्नेमा भन्दा अन्यत्र केन्द्रित हुँदै गएका छन् ।

राष्ट्रिय सहमति भन्दै देशमा वृहत शान्ति सम्झौता भयो । संविधानसभाको निर्वाचन पनि भयो । तर, प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई धोका दिएर शर्वशक्तिमान ठान्नुभयो । तर, उहाँ प्रधानसेनापति प्रकरणमा परेर राजीनामा दिन वाध्य हुनुभयो । त्यसलाई उहाँ आफैले राजनीतिक जीवनको ठूलो भुल भन्नुभएको छ । त्यसपछि नेपाली राजनीतिमा नेताहरु आफ्नै दम्भको घेरामा परिरहनुभएको छ।
राजनीतिक प्रणाली नै यस्तो भयो कि कसैको बहुमत आउन नसक्ने बन्यो । समानुपातिक निर्वाचन प्रणालीले कुनै दललाई बहुमत विहिन बनाउँदा दलहरु सत्ता समिकरणका नाममा धोकाधडी गर्न थाले । सहमतिको सरकार बनाउने नाममा

सुशील कोइरालाले प्रधानमन्त्री बनेर पछि केपी शर्मा ओलीसँग गरेको भद्र सहमति बिर्सनुभयो । प्रचण्डले शेरबहादुर देउवासँग गर्नुभएको सम्झौता बिर्सेर ओलीसँग हात मिलाउनुभयो । ओलीले पनि प्रचण्डलाई आधा आधा प्रधानमन्त्रीको सहमति बिर्सेर धोका दिनुभयो । पछिल्लो समय यही धोकाधडीको निरन्तरता बन्यो प्रचण्डको कदम । उहाँले ओलीलाई पुस १० गते दिएको वचन बिर्सेर राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई साथ दिने कदम चाल्नुभयो । त्यसो त प्रचण्डले शेरबहादुर देउवालाई धोका दिएर ओलीसँग हात मिलाउनुभएको थियो , यो अन्तहीन धोकाधडी र दम्भको राजनीतिको गोलचक्करमा नेताहरु फसिसक्नुभएको छ।
यतिसम्मकी केन्द्रको धोकाधडीको हलचलले प्रदेशको सरकार पनि गर्लामगुर्लुम ढल्ने गरेको छ।

विगतमा यही भएको थियो र अहिले पनि यस्तै हुनथालेको छ। संघीयतामा त देश गएको छ केन्द्रबाट शिर्ष नेताबीच हुने कुनैपनि समस्याको सिधा असर पर्न थालेको छ। यसको तरंगले स्थानीय सरकारसम्म असर पर्दै देश झन् झन् अस्थिरताको भड्कालोमा पर्दै गएको छ ।

नेताहरु धोकेवाज र दम्भीको परिचय बोकेर देशलाई कहिले स्थायित्व नदिने राजनीतिक प्रणालीले ल्याउने टकरावमै अलमलिन थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);