पिएनजीसँगको जित पछि दर्शकसँग खुसी साट्दै खेलाडीहरु (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पिएनजीसँगको जित पछि दर्शकसँग खुसी साट्दै खेलाडीहरु (फोटोफिचर)

काठमाडौं । ओपनर आसिफ शेखको अर्धशतक र स्पिनर सन्दीप लामिछानेको पाँच विकेटको सहयोगमा सोमवार नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा पपुवान्युगिनी (पिएनजी) माथि नौ विकेटको सानदार जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा विकेटको हिसावले नेपालको यो सर्वाधिक ठूलो जित हो । यसअघि २०२० मा अमेरिकाबिरुद्ध नेपाल आठ विकेटले विजयी भएको थियो । यस जितसँगै ३५ खेलमा ३८ अंक जोडेको नेपाल चौथो स्थानमा रहँदा पराजय ब्यहोरेको पिएनजी समान खेलबाट ११ अंकका साथ सातौं स्थानमा छ । टस हारेर पहिला ब्याटिङ गर्दै पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र ७.४ ओभरमा एक विकेट गुमाएर भेटाउन सफल भयो । नेपालका लागि ओपनर आसिफ शेखले २१ बलमा आठ चौका र तीन छक्कासहित आक्रमक अविजित अर्धशतकीय पारी खेले । पहिलो विकेटका लागि कुशल भुर्तेल ५१ रनको साझेदारी गरेर आउट भएपनि आसिफ ५३ रन जोडेर अविजित रहे । यस्तै कुशल मल्ल १३ बलमा १२ रन जोडेर अविजित रहे । पीएनजीका लागि चाड सोपरको नाममा एक विकेट रह्यो ।

यसअघि पहिला ब्याटिङ गरको पीएनजी ३२ ओभरमा समेटिएको थियो । पिएनजीका लागि ओपनर किप्लिन डोरिगा २, हिरीहिरी १४ र सेसे बाउ १८ रन जोडेर पेभिलियन फर्किए । यस्तै कप्तान असद भाला २०, चाल्र्स अमिनी १६ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भ्रमणकारी टोलीबिरुद्ध हावी भएको नेपालका लागि सन्दीप लामिछानले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दिपले १ मेडर ओभर फाल्दै २५ रन खर्चिएका थिए । यस्तै ललितनारायण राजवंशीले ७ ओभरमा १३ रन खर्चेर १ मेडनसहित दुई विकेट निकाल्दा कुशल मल्लले तीन ओभरमा ६ रन खर्चेर एक मेडनसहित दुई विकेट हात पारे । ५ ओभरमा २२ रन खर्चिएका सोमपाल कामीले दुई मेडनसहित एक विकेट निकाले ।

घरेलु मैदानमा लिग २ को अन्तिम श्रृंखला खेलिरहेको नेपाल आजको खेलमा जित निकालेसँगै शीर्ष तीनमा पुग्न एक कदम मात्रै बाँकी छ । नेपालले बिहीवार हुने युएईबिरुद्धको खेलमा जित निकाले शीर्ष तीनमा रहँदै जिम्बावेमा हुने एकदिवसीय विश्वकपको ग्लोवल छनोटमा स्थान बनाउनेछ ।

अन्तिम श्रृंखला अन्तर्गत नेपालले पहिलो खेलमा पिएनजीलाई ५२, आईतवार युएईलाई १ सय ७७ रनले पराजित गर्दै एकदिवसीय मान्यता चार वर्षका लागि बँचाएको थियो । तेस्रो स्थानको नामिबियाको ३६ खेलमा ३९ अंक छ । नेपालको हारले भने नामिबियाको विश्वकप टिकट पक्का हुनेछ भने जितले नेपालको ढोका खुल्नेछ ।

छैटौं स्थानमा रहेको युएईको ३४ खेलमा ३१ अंक छ भने सातौं स्थानको पपुवान्युगिनीको समान खेलमा ११ अंक छ । ५० अंकसहित शीर्ष स्थानमा रहेको स्कटल्याण्ड र ४४ अंकसहित दोस्रो स्थानमा रहेको ओमानले भने विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);