ए डिभिजन लिगः दोस्रो जितसँगै खुमलटार चौथोमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ए डिभिजन लिगः दोस्रो जितसँगै खुमलटार चौथोमा

काठमाडौं । शहीद स्मारक लिग ए डिभिजनमा खुमलटारले हिमालयन शेर्पालाई पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ ।

च्यासल मैदानमा सोमवार भएको खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ ले हराएको हो । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एकएक गोल गरे । मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५ औं मिनेटमा अर्को गोल थप्दै खुमलटारको जित निश्चित गरेका हुन् ।

यस्तै हिमालयनका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए । यो गोल ८० औं मिनेटमा सम्भव भएको थियो । यो जितपछि माथिल्लो डिभिजनमा डेब्यु गरिरहेको खुलमटारको चार खेलबाट छ अंक भएको छ र चौथो स्थानमा उक्लिन सफल रह्यो ।

हिमालयन शेर्पा भने चार अंकमै सीमित रह्यो र दसौं स्थानमा झरेको छ । लिगमा मंगलवार तीन खेल हुनेछन् । एन्फा कप्लेक्समा हुने खेलमा संकटा क्लव र चर्च व्वाईज, जावलाखेल युथ क्लव र फ्रेन्ड्स क्लवबीच दशरथ रंगशालामा पहिलो तथा अन्तिम खेल दरशथ रंगशालामै मच्छिन्द्र र नेपाल पुलिस क्लवबीच हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);