थ्री नेसन्स कप फुटबल चैत ८ गतेदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

थ्री नेसन्स कप फुटबल चैत ८ गतेदेखि

काठमाडौं । चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह १०–के रोड रेस तथा चैत तेस्रो साता बक्सिङ प्रतियोगिता हुने भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरको दुई प्रतियोगिताका लागि मिति सार्वजनिक गरेको हो । स्पोर्ट्स कमिटीले वीर गणेशमान सिंह चौथो संस्करणको १०–के रोड रेस चैत ११ र बक्सिङ चैत २१ देखि २५ गतेसम्म आयोजना गर्ने जनाएको हो । रोड रेस दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुनेछ ।

रोड रेसमा महिला र पुरुषतर्फ गरी दुवै स्पर्धामा प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार पाउनेछन् । यस्तै चैत २१ देखि २५ सम्म बक्सिङ प्रतियोगिता आयोजना हुने जनाइएको छ । वसन्तपुर डबलीमा आयोजना हुने बक्सिङमा महिला र पुरुष गरी ६÷६ तौल समूहमा प्रतिष्पर्धा हुने आयोजकको भनाइ छ ।

बक्सिङमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ र तेस्रोले समान ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताको खर्च ४५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);