ए डिभिजन लिगमा आज तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं, ३० फागुन । शहीद स्मारक ए डिभिजन फुटबल अन्तर्गत आज ३ खेल हुँदैछन् । एक खेल च्यासल मैदानमा हुनेछ भने दुई खेल दशरथ रंगशालामा हुनेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लव र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ ।

संकटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । संकटा आज दोस्रो जितको खोजीमा हुनेछ । संकटा ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । नवप्रवेशी चर्च ब्वाइज लगातार चौथो जितको खोजीमा हुनेछ । चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लव र फ्रेन्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लव र नेपाल पुलिस क्लव भिड्नेछन् । खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);