ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं, २६ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजबाट तेस्रो चरणको खेलहरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत शुक्रवार दुई खेल हुनेछन् ।

एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो २ः३० बजे हुनेछ ।

दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लव र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ । हिमालयन र चर्च ब्वाइजबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);