ए डिभिजन लिगमा आज चार खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिगमा आज चार खेल हुँदै

काठमाडौं, १७ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेल हुँदैछन् । लिगको १३औं चरण अन्तर्गत अन्तिम चार खेल हुन लागेका हुन् । जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । मच्छिन्द्र र सातदोबाटोबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । रंगशालामै हिमालयन शेर्पा क्लव र त्रिभुवन आर्मी क्लवबीचको बाँकी खेल दिउँसो ४ः३० बजे शुरु हुनेछ । हिमालयन र आर्मीबीचको खेल शनिवार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो । हिमालयन र आर्मीबीचको खेल ७१ औं मिनेटबाट शुरु हुनेछ ।

यस्तै एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मस्र्याङ्दी क्लवबीच प्रतिष्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङबीचको खेल दिउँसो ३ः३० बजे शुरु हुनेछ । यस खेल शनिवार रंगशालामा हुने तय भएपनि भारी वर्षाका कारण स्थगित भएको थियो । एन्फा कम्प्लेक्समै संकटा क्लव र जावलाखेल युथ क्लवबीचको बाँकी खेल हुनेछ । संकटा र जावलाखेलबीचको बाँकी खेल दिउँसो १ बजे ५१ औं मिनेटबाट शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);