ए डिभिजन लिगमा आज तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं, २६ चैत्र । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज आईतवार तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लव र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

संकटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र त्रिभुवन आर्मी क्लवबीच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे शुरु
हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्नेछन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);