महिला फुटबलः भियतनामसँग नेपालको दोस्रो हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

महिला फुटबलः भियतनामसँग नेपालको दोस्रो हार

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोट अन्तर्गतको खेलमा नेपालले दोस्रो हार व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपाल भियतनामसँग २–० गोल अन्तरले पराजित भएको हो । खेलको सुरुवाति चरणमै भियतनाले दुई गोलको अग्रता बनाएको थियो । खेलको पाँचौ र छैठौं मिनेटमा भियतनामका लागि फाम हाइ यनले लगातार दुई गोल गरेकी हुन् ।

बलियो प्रतिद्वन्द्वी भियतनामविरुद्ध नेपालले अघिल्लो खेल भन्दा सुधारिएको प्रदर्शन गरेपनि जित निकाल्न भने असफल भयो । नेपालले पटकपटक पाएको मौकालाई सदुपयोग गर्न सकेको थिएन् । नेपाललाई हराएको भियतनाम एसिया छनोटको दोस्रो चरणमा पुगेको छ ।

पहिलो खेलमा नेपाललाई भियतनामले ५–१ गोल अन्तरले हराएको थियो । छनोटको समूह ’सी’ मा नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरिरहेको छ । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेको हो । समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);