महिला फुटबलः घरेलु मैदानमा भियतनामसँग नेपालको फराकिलो हार | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

महिला फुटबलः घरेलु मैदानमा भियतनामसँग नेपालको फराकिलो हार

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोल अन्तरले पराजित भएको हो । खेलको ११औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । साथै, खेलको ३६औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दै भियतनामलाई दुई गोलको अग्रता दिलाएकी थिइन् ।

खेलको ३८औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गर्दै पहिलो हाफमा भियतनामलाई तीन गोलले अघि बढाएकी थिइन् । दोस्रो हाफको दुई मिनेटमै कप्तान न्हुले हेडर मार्फत व्यक्तिगत दोस्रो गोल गरिन ।
खेलको ७८औं मिनेटमा नेपालको तर्फबाट साबित्रा भण्डारीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याएकी थिइन् । तर, खेलको अन्तीम समयमा भियतनामले एक गोल थप्दै नेपालविरुद्ध फराकिलो जित निकाल्न सफल भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);