प्रितीको डेब्यु गोल, नेपाल २-० ले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रितीको डेब्यु गोल, नेपाल २-० ले अगाडि

काठमाडौं । युवा खेलाडी प्रिती राईले राष्ट्रिय महिला फुटबल  टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रिती राईले डेब्यु गोल गरेकी हुन् ।

नेपालको लागि प्रितीले खेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन् । उनले मिडफिल्डर शरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् । 

नेपाल यू-१५ टोलीको कप्तान समेत रहेकी प्रितीले डेब्यु खेलमै राष्ट्रका लागि गोल गरेकी हुन् । 

यस अघि सविता राना मगरले नेपाललाई अग्रता दिलाएकी थिइन् । सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले  राइट विंकर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);