ए डिभिजन लिगः एपीएफ र चर्च ब्वाइजको विजयी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ए डिभिजन लिगः एपीएफ र चर्च ब्वाइजको विजयी शुरुवात

काठमाडौं । विभागीय टोली एपीएफ क्लव शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार थ्री स्टार क्लवलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद् शुरुवात गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक÷एक गोल गरे । खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए ।

जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ । त्यस्तै आज नै च्यासल रंगशालामा भएको खेलमा नवप्रवेशी क्लव चर्च ब्वाइज युनाईटेडले स विजयी शुरुवात गरेको छ । च्यासल मैदानमा शनिवार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक÷एक गोल गरे । पुलिसका रवि पासवानले एक गोल फर्काए । खेलको १४ औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा हार व्यहोर्न बाध्य भयो । पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै चर्चलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा फ्रान्कलिनले पेनाल्टीमा गोल गर्दै चर्चलाई २–१ को जित दिलाए ।

जितसँगै चर्चले पहिलो खेलमै ३ अंक जोडेको छ । अहिले दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लव र हिमालयन शेर्पाबीच खेल भइरहेको छ । पहिलो हाफ सकिँदा मनाङले १—० ले अग्रता बनाएको छ । खेलको १५ औं मिनेटमा हिमालयन शेर्पाका सञ्जित राईले आत्मघाती गोल गर्दा मनाङले अग्रता लिन सफल भएको हो । अहिले दोस्रो हाफको खेल जारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);