फागुन २७ बाट दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फागुन २७ बाट दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने

वीरगन्ज । दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता फागुन २७ बाट संचालन हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने भएको हो ।

शनिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले त्रिभुवण लोकमार्गमा वीरगन्ज महानगरपालिका २१ परवानीपुरको खेल मैदानमा फागुन २७ शनिबार अपरान्ह ३ बजेबाट खेल प्रतियोगीता सुरु हुने आयोजक क्लबका अध्यक्ष अलिअख्तर आलमले जानकारी दिए ।

उनका अनुसार विगत लामो समयपछि रोकिएको फुटबल प्रतियोगीता गतबर्ष देखि परवानीपुरमासुरु गरीएकाले यस पटकका लागी निशुल्क रुपमा दर्शकका लागी खेल हेर्न सकिने व्यवस्था गरीएको छ ।
फुटबल प्रतियोगीतामा १० लाखको लगानी हुन लागेकाले विभिन्न ठाँउबाट सहयोग वापत रकम व्यवस्था गरीएको अध्यक्ष आलमले बताए ।

दोश्रो फुटबल प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा कृष्णा फाउन्डेशन ,बैंगलोर रहेको छ भने अन्य एक दर्जन भन्दा बढि विभिन्न सह प्रायोजकहरु रहेको उनले बताए । यस्तै वीरगन्ज महानगरपालिका र परवानीपुर गाँउपालिकाले खेल प्रतियोगीतामा बिशेष सहयोग गरेका छन ।

आठ वटा टिम सहभागी हुने

एक साता सम्म चल्ने फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमति प्रदेशका दुई वटा गरी ८ वटा टिमले भागले लिने भएका हुन ।

प्रतियोगीतामा आयोजक परवानीपुर युथ क्लब , नवजनजागृति युवा क्लब सिमरा , वीरगन्ज युनाईटेड क्लब वीरगन्ज ,जनकपुर स्पोर्ट क्लब धनुषा ,बेल्खाडी युवा क्लब महोतरी , हेटौडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।

प्रतियोगीतामा विजेता हुने टिमले एक लाख ५० हजार नगद,शिल्ड र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ७५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छन ।

प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार ,मेडल र प्रमाणपत्र पाउने छन । भने उत्कृष्ट गोलकिपर, डिफेन्डर,स्ट्राईकर,मिडफिल्डर र कोचलाई जनहि ५÷५ हजार प्रदान गरीने आयोजकले जनाएको छ । यस्तै प्रतियोगीता भरीमा उत्कृष्ट ( म्यान अफ द सिरिज ) हुने खेलाडीले १० हजार पाउने छन ।

पत्रकार सम्मेलनमा आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष अनिल राम , उपाध्यक्ष रवि राम ,महासचिव दिपक यादव ,सचिव धुप मन्डल, कोषाध्यक्ष सुरेश यादव ,सदस्यहरु सफिक आलम ,रेहान आलम(काले) ,सुनिल मंडल, ईमरान आलम लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);