इलाममा फागुन २६ देखि माईभ्याली गोल्डकप फुटवल आयोजना हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इलाममा फागुन २६ देखि माईभ्याली गोल्डकप फुटवल आयोजना हुँदै

ilam

इलाम, २४ फागुन । फुटबललाई संस्कृति मान्ने इलामेका लागि माइभ्याली गोल्डकप महान् चाड नै हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पनि चाँसो देखाउने इलामेका लागि नजिकिंदो पाँचौ संस्करणको माइभ्याली गोल्डकपको प्रतीक्षा तीव्र भएको छ । चुलिंदो फुटबल मोहका कारण स्तरीय बन्दै गएको माइभ्याली गोल्डकपका लागि एउटै मात्र चुनौती हो व्यवस्थित रंगशाला निर्माण ।

फुटबलमा मरिहत्ते गर्ने इलामेहरु प्रतियोगिताका खेलहरू हेर्न घर–पसल बन्द गरेरै मैदान पुग्ने त्यहाँको पुरानो चलन हो । राणा शासनकालमै निर्माण भएको बजारको तल्लो भागमा अवस्थित टुँडिखेलले सयौं प्रतिभा जन्मायो ।

तर खेल मैदानको रुप कहिल्यै फेरिएन । मैदान बनाउन कसैले चाँसो देखाएनन् । विसंं १९३९ तिरै श्रीनाथ पल्टन त्यहाँ बसेपछि हलगोरु नारेर मैदान सम्याएको इतिहास दिनेश काफ्लेलाई अहिले पनि ताजै छ ।

लामो समयसम्म पल्टनलाई परेड खेलाउन प्रयोग गरिएको मैदानमा १९९० पछि इलाममा फुटवल खेल सुरु भएको इतिहास छ । राणा सैनिक र स्थानीयबीच हुने प्रतियोगिता अबेरसम्म चल्ने भएकाले पेट्रोल म्याक्स बालेर पनि खेल सञ्चालन हुने गरेको जानकारहरू बताउँछन ।

बिभिन्न जिल्ला तथा क्षेत्रीयस्तरको प्रतियोगिता थेगेको इलामको टुँडिखेलमा २०५२ देखि ०५४ सम्म भूकम्पपीडितका लागि फुटबल प्रतियोगिता सञ्चालन भयो । त्यसपछि जिल्ला र क्षेत्रीयस्तरका प्रतियोगिताको भर पर्दै आएको टुँडिखेलमा माइभ्याली सुरु भएको हो । मैदानमा प्रथम लुम्बिनी महिला फुटबल प्रतियोगिता समेत आयोजना भएको थियो ।

यता, पाँचौँ संस्करणको माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता फागुन २६ गतेदेखि चैत ५ गतेसम्म हुँदैछ । यो संस्करणमा विदेशका ३ टीम र नेपालका ए डिभिजनका ७ टीमको सहभागीता रहने बताइएको छ ।

उक्त खेल हेर्नका लागि खेलमैदानको वरिपरि दर्शकका लागि बाँसको प्याराफिट बनाइने भएको छ । बाँसे प्याराफिट बनाउँदा हरेक वर्ष ७ लाख रुपैयाँसम्म खर्च हुने गरेको स्थानीय धिरेन चेमजुङ बताउँछन् ।

त्यसो त इलामको खेल मैदानले इलामको फुटबल खेल मात्र धानेको छैन । भलिबल, क्रिकेटलगायतका खेलका लागि पनि यो मैदान प्रयोग हुँदै आएको छ । राष्ट्रिय फुटबल टोलीका लागि नवयुग श्रेष्ठदेखि महिला फुटवलरहरु समेत जन्माएको इलामबाट राष्ट्रिय प्रतियोगिता हुनु प्रशंसनिय हो ।

तर, मैदानको स्तर उन्नती, प्याराफिट निर्माण लगायतका व्यवस्थापकिय क्षेत्रमा ध्यान नदिने हो भने म्याइभ्याली गोल्डकप जस्तो फुटबल अभियानलाई निरन्तरता दिन मुस्किल छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);