नेपाल पुलिस क्लव माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल पुलिस क्लव माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश

काठमाडौं, २८ फागुन । नेपाल पुलिस क्लवले युनाइटेड दार्जिलिङलाई पराजित गर्दै इलाममा जारी माइभ्याली गोल्डकप फुटवलको सेमिफाइनलमा प्रबेश गरेको छ । मंलगबार भएको खेलमा पुलिसले दार्जिलिङलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितका लागि नेपाल पुलिस क्लबका तर्फबाट खेलको छैटौँ मिनेटमा सौजन्य याख्खा राइले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल भरत शाहले दोस्रो हाफको ३६ औँ मिनेटमा गरेका थिए ।

दार्जिलिङको तर्फबाट दोस्रो हाफको ३९ औँ मिनेटमा करण राईले पहिलो तथा सान्त्वना गोल गर्दै क्वाटर फाइनलबाटै आफ्नो यात्रा समाप्त गरेको हो ।

खेलको म्यान अफदि म्याच नेपाल पुलिस क्लवका सौजन्य याख्खा राई घोषित भए । बुधबार हुने अर्को क्वाटरफाइनल खेल थ्रीस्टार र हिमालयन शेर्पाबीच हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);