भेट्रान्स फुटबल : आर्मीलाई पराजित गर्दै झापा फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भेट्रान्स फुटबल : आर्मीलाई पराजित गर्दै झापा फाइनलमा

काठमाडौं । बलियो नेपाल आर्मी क्लबलाई पराजित गर्दै झापा भेट्रान्स एफसी “मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता”मा  फाइनल प्रवेश गरेको छ । आइतबार  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको पहिलो सेमिफाइनलमा झापाले आर्मीलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

झापाको जितमा कप्तान भेषाराज लिम्बू र श्यामकुमार गोलेले एक-एक गोल गरे । खेलको पहिलो हाफ बराबरी सकिँदा दोस्रो हाफमा झापाले दुई गोल गरेको थियो । भेषले खेलको ४७ र श्यामले ६० मिनेटमा गोल गरे । झापाका  कप्तान भेष म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा आर्मीको पहिलो हार हो भने झापा अपराजित छ । 

दोस्रो सेमिफाइनलमा केही समयपछि खुमलटार र सानो गौचरण नाइट किङ क्लब ( एसएनकेसी ) भिड्नेछन । लिगकप नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाएका थिए ।

एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखी ४० वर्ष उमेर सम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समय अवधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);