च्याम्पियन्स लिग: रोनाल्डोको ह्याट्रिकले युभेन्ट्स क्वार्टरफाईनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

च्याम्पियन्स लिग: रोनाल्डोको ह्याट्रिकले युभेन्ट्स क्वार्टरफाईनलमा

ronaldo

काठमाडौं, २९ फागुन । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा रोनाल्डोले ह्याट्रिक गर्दै पहिलो लिगको नतिजालाई उल्ट्याई अन्तिम ८ मा पुर्याएका छन् ।

पहिलो लिगको नतिजा युभेन्टसले मड्रिडलाई २–० ले सुम्पेको थियो । आफ्नो टोलीलाई जित दिलाउने क्रममा रोनाल्डोले खेलको पहिलो हाफमा १ गोल गरेका थिए भने बाँकी दुई गोल दोश्रो हाफमा गरे । उनले पहिलो हाफको २७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसैगरी दोश्रो गोल उनले खेलको दोश्रो हाफको ४९ औं मिनेटमा गरे । उनको यो गोलले युभेन्टसलाई समग्रमा २–२ को बराबरीमा पु¥यायो ।

त्यसपछि, खेलको अन्त्यमा युभेन्टसले पेनाल्टीको अवसर पायो । यसलाई रोनाल्डोले गोलमा परिणत गरे र टोलीलाई अन्तिम ८ मा पु¥याए । युभेन्टसले खेलको ८६ औं मिनेटमा पेनाल्टी पाएको थियो । यसरी रोनाल्डाकोे ह्याट्रिकले युभेन्टसलाई समग्रमा ३–२ को जित दिलायो । च्याम्पियन्स लिगमा यो रोनाल्डोको १२४ गोल हो भने आठौं ह्याट्रिक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);