इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले जित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले जित

एजेन्सी, २७ पुष । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा युभेन्ट्सले सासुओलोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, आरोन रामसे र डानिलोले एक÷एक गोल गरे भने सासुओलोका तर्फबाट ग्रेगोइरे डेफ्रेले एक गोल फर्काए ।

युभेन्ट्सविरुद्ध सासुओलो पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफमा घरेलु टिम युभेन्ट्सले अग्रता बनायो । खेलको ५० औं मिनेटमा डानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ५८ औं मिनेटमा सासुओलोका डेफ्रेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

खेलको ८२ औं मिनेटमा रामसेले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३–१ को महत्वपूर्ण जित दिलाए । जितसँगै युभेन्ट्सले १६ खेलमा ३३ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ । पराजित सासुओलो २९ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);