अष्ट्रेलिया र भारतबीचको ४ मध्ये तेस्रो टेस्ट क्रिकेट बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अष्ट्रेलिया र भारतबीचको ४ मध्ये तेस्रो टेस्ट क्रिकेट बराबरीमा

एजेन्सी, २७ पुष । अष्ट्रेलिया र भारतबीचको ४ मध्ये तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अस्ट्रेलियाको सिड्नीमा टेस्टको अन्तिम दिन सोमबार भारतले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

तेस्रो टेस्ट बराबरीमा सकिएसँगै दुई टिमबीचको चौंथो तथा अन्तिम टेस्ट निर्णायक हुने भएको छ । जितका लागि दोस्रो इनिङमा ४ सय ७ रन बनाउनु पर्ने अवस्थामा भारतले ५ विकेट गुमाएर ३ सय ३४ रन बनाउदा अन्तिम दिनको खेल सकिएको हो ।

भारतका लागि ऋषब पन्तले ९७ र चेतेश्वर पुजाराले ७७ र रोहित शर्माले ५२ रन बनाए । रविचन्द्र आश्विनले ३९ रन जोड्दा हनुमा विहारीले अविजित २३ रन बनाए । सुबमन गिलले ३१ रन जोडे । अष्ट्रेलियाका जोस हाजलउड र नाथन लायनले २–२ विकेट लिए ।

अष्ट्रेलियाले ३ सय १२ रन जोडेर दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेपछि भारतले ४ सय ७ रनको लक्ष्य पाएको थियो । दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले ८४, स्टिभ स्मिथले ८१ र मार्नुस लेबुसचेनले ७३ रन बनाए । भारतका नाभदिप शैनी र रविचन्द्र आश्विनले २–२ विकेट लिए ।

यो टेस्टको पहिलो इनिङान अष्ट्रेलियाले ३ सय ३८ तथा भारतले २ सय ४४ रन बनाएको थिए आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत ४ खेलको सिरिज १–१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट अष्ट्रेलियाले तथा दोस्रो टेस्ट भारतले ८ विकेटबाट जितेका छन् । चौथो तथा अन्तिम टेष्ट माघ २ गतेदेखि ब्रिसबेनमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);