हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड आज हुँदै

काठमाडाैं, २८ पुष । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड आज हुँदैछ । विभिन्न खेलकुद विधामा आफ्नो कौसलता प्रदर्शन गर्दै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई प्रदान गर्दै आएको अवार्ड विभिन्न १० विधामा प्रदान गरिदै छ ।

मनोनयमा परेका खेलाडीले यो अवार्डलाई देशको प्रतिष्ठित अवार्डको रुपमा लिँदै आएका छन् । अवार्डका लागि २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् ।वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);