इंग्ल्यान्ड फुटबल एसोसियसनद्वारा एफए कपको चौंथो चरणको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्ल्यान्ड फुटबल एसोसियसनद्वारा एफए कपको चौंथो चरणको खेल तालिका सार्वजनिक

एजेन्सी, २८ पुष । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन एफएले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो ।

एफएले सार्वजनिक गरेको तालिका अनुसार चौंथो चरणमै म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्ने छन् ।साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ ।

म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा स्वान्सी सिटीले नटिङघम फोरेस्टसँग खेल्नेछ ।यस्तै चेल्सीले लुटोनसँग खेल्दा टोटेनह्यामले वेकम्बसँग खेल्ने तालिका रहेको छ ।एफए कपको चौंथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);