प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम भीड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम भीड्दै

एजेन्सी, ५ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राती दुई ठुला क्लब म्यानचेस्टर युनाइटेड र टोटनह्यामबीच प्रतिस्पर्धा हुँदैछ । कोरोना भाईरसको महामारीबीच सुचारु लिगपछि युनाइटेडले पहिलो खेलमा टोटनह्यामसँग खेल्न लागेको हो ।

टोटनह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । खेलमा दुवै टिम जित निकाल्ने दाउमा रहेका छन । घरेलु मैदानमा टोटनह्याम जित निकाल्दै अंक तालिका सुधार गर्न योजनामा रहेको छ ।

लिगको आठौं स्थानमा रहेको टोटनह्यामले ४१ अंक जोडेको छ । खेलमा जित निकाले टोटनह्याम शीर्ष ६ मा पुग्नेछ ।तर, बलियो युनाइटेडविरुद्ध जित निकाल्न टोटनह्यामलाई सहज भने हुने छैन ।

युनाइटेड पनि जित निकाल्दै चौंथो स्थानमा उक्लने दाउमा छ । पाँचौं स्थानको युनाइटेडले ४५ अंक जोडेको छ । घरेलु टोलीलाई पराजित गरे युनाइटेड चौंथो स्थानमा उक्लने छ । यसैगरी लिग अन्तर्गतनै शुक्रबार नर्विच सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);