प्रिमियर लिग : टोटनह्याममाथि सिटीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रिमियर लिग : टोटनह्याममाथि सिटीको सहज जित

एजेन्सी, २ फागुन । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले नवौं स्थानमा रहेको टोटनह्याम हट्स्परविरुद्ध ३–० को सहज जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले फराकिलो जित निकाल्दै अग्रता बलियो बनाएको छ । म्यान्सिटीलाई जिताउन गोन्डोगानले दुई गोल गर्दा रोड्रीले पेनाल्टीमार्फत एक गोल गरे । तीन खेलाडीले पहेंलो कार्ड खाएको टोटनह्याम खेलको सुरुवातदेखि नै दबाबमा रहयो ।

जितसँगै शीर्ष स्थानको म्यान्चेस्टर सिटीले २३ खेलबाट ५३ अंक जोडेको छ । नवौं स्थानमा रहेको टोटनह्यामको २३ खेलबाट जम्मा ३६ अंक भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);