स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको सहज जित

एजेन्सी , २ फागुन । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६३ औं मिनेटमा मार्कुस लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए । तर ६६ औं मिनेटमा यान्जल हरेराले गोल गर्दै ग्रानडालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७४ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ भने ग्रानडा ३० अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);